निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या

निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या

२०७७, पौष ९ बिहिवार

  • 1.8K
    SHARES

  • निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या

    पौष ९, काबुल । 

    अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ ।

    देशको राजधानी काबुलमा उनलाई गोली प्रहार गरी बुधबार हत्या गरिएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।

    निर्वाचन पर्यवेक्षणसम्बन्धी निकायको रूपमा रहेको “स्वतन्त्र तथा निश्पक्ष निर्वाचन फाउन्डेसन, अफगानिस्तान (एफईएफए)” का कार्यकारी निर्देशक मोहम्मद युसाफ रशिदको हत्या भएको हो ।            

    काबुल प्रहरीका प्रवक्ता फेर्डौस फारामार्जले सिन्ह्वालाई दिएको जानकारीअनुसार हतियारधारीहरूले कार्यकारी निर्देशक रशिदलाई काबुलको चिहिल्स्टुन क्षेत्रमा गोली प्रहार गरेका हुन् ।

    सवारी साधनमा हिँडिरहेका बेला गोली प्रहार गरेको र त्यति बेला सवारी साधनमा उनीसँगै सवारी चलक पनि रहेका थिए । घटनामा परी ती चालक गम्भीर घाइते भएको र अहिले काबुल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।   

    घटनाका बारेमा यो समाचार लेख्दासम्म कसैले जिम्मेबारी नलिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

    ठूलो जनसङ्ख्या रहेको राजधानी काबुलमा लगातार भएको यो घटना पछिल्लो अर्को नराम्रो घटना भएको बताइएको छ ।

    यसअघि गत मङ्गलबार मात्रै राजधानी काबुलमा भएको विस्फोटनको घटनामा परी दुई महिला चिकित्सकसहित चार जनाको मृत्यु भएको थियो भने अरु केही घाइते भएका थिए ।

    त्यही दिन एक सैनिक उच्च अधिकारीको पनि गोली हानी हत्या भएको थियो ।- एजेन्सी ।  

    २०७७, पौष ९ बिहिवार०६:४५:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार