विश्व नेपाली साहित्य प्रतिष्ठानद्वारा रचना वाचन कार्यक्रम सम्पन्न

विश्व नेपाली साहित्य प्रतिष्ठानद्वारा रचना वाचन कार्यक्रम सम्पन्न

२०७८, कार्तिक १४ आइतवार

  • 1.5K
    SHARES

  • विश्व नेपाली साहित्य प्रतिष्ठानद्वारा रचना वाचन कार्यक्रम सम्पन्न

    पाल्पा । ११३ औ लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले पाल्पाली स्रस्टाहरु विच रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । 

    कार्यक्रममा ५० भन्दा बढी उपस्थितिमा २५ जना स्रष्टाले आफ्नो रचना वाचन गरेका थिए ।  

    कार्यक्रमको सभापतित्व विश्व नेपाली साहित्य प्रतिस्ठानकि अध्यक्ष रमा पन्त, प्रमुख अतिथी प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष पुष्कर राज रेग्मी, विशिष्ट अतिथी प्रदेश अध्यक्ष भावना खनाल, सल्लाहकार लक्षिमा ज्ञवाली ज्युको आतिथ्यमा भएको कार्यक्रममा सस्थाका सल्लाहकार राम प्रसाद अर्यालले देवकोटाको जिवनी प्रस्तुत गरेका थिए भने शुभकामना मन्तव्य सहित रचना वाचन साहित्यकार टंक पन्त, लक्षिमा ज्ञवाली, भावना खनाल, चित्रवलीराम सुवाल गुणवती के सी लगायतले राखेका थिए ।  

    लोक गायक जय प्रकाश उप्रेतीले लोक भजन, लोकगायिका विष्णु पन्थ र ममता कोइरालाले लोक गित प्रस्तुत गरेको उक्त कार्यक्रम अमर भाटको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव आयाम कार्कीले गरेका थिए । 

    २०७८, कार्तिक १४ आइतवार०८:५३:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार