सामलिङ पावरको आइपीओ आज बाँडफाँट हुने

सामलिङ पावरको आइपीओ आज बाँडफाँट हुने

२०७८, कार्तिक १६ मंगलवार

  • 865
    SHARES

  • सामलिङ पावरको आइपीओ आज बाँडफाँट हुने

    काठमाडौँ । सामलिङ पावर कम्पनीको आइपीओ आज बिहान बाँडफाँट हुने भएको छ ।

    बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिनेछ ।

    यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ। यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।

    सर्वसाधारणबाट माग गरिएको भन्दा ३१.६७ गुणा बढी हो । यद्यपि, अन्तिम तथ्याङ्क भने फरक पर्न सक्छ।

    सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

    २०७८, कार्तिक १६ मंगलवार०७:१३:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार