राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

२०७८, कार्तिक १६ मंगलवार

  • 1.1K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

    काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    यसअघि बैंक संचालक समितिको सोमबार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।

    साथै, उनलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ ।

    डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।

    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, लयायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो । 

    २०७८, कार्तिक १६ मंगलवार०६:३०:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार