कुमारी बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

कुमारी बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

२०७८, कार्तिक १७ बुधवार

  • 1.2K
    SHARES

  • कुमारी बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

    काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले सेयरधनीहरूले ६ प्रतिशत बोनस सेयर दिने भएको छ । 

    बैङ्कको २१ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

    सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ ।

    प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य शेयरधनीले दाबी गर्न पाउनेछन् ।

    सो बोनस शेयर जारी पश्चात् बैङ्कको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुनेछ ।

    आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बैङ्कले कुल निक्षेप १५७ अर्ब १७ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ तथा १ अर्ब ९७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

    २०७८, कार्तिक १७ बुधवार०७:५०:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार