पौष ९, काठमाडौँ ।
पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आफ्नो पक्षको बैठकमा मञ्चमा रहेको आसनले वामदेव गौतम र रामबहादुर थापाको खोजी गरेको बताएका थिए।
गृहमन्त्री थापा आफू निकटहरूको चर्को दबाव बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन्।
तर उपाध्यक्ष गौतम अझैँ खुलेका छैनन्। किन मौन छन्, कहिले निधो गर्लान् र कता लाग्लान् उनी ?
गौतमका पुराना राजनीतिक सहयात्री एवम् पूर्वमन्त्री हरि पराजुलीका भनाइमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको आन्दोलनलाई एकताबद्ध बनाउने उपाय सम्भव रहँदासम्म प्रयास जारी गर्नुपर्ने भएकाले यो वा त्यो समूहमा आबद्ध हुन्न भन्ने नेता गौतमको धारणा छ।-बीबीसी