पौष ९, काठमाडौँ ।
आज सेयर बजारमा ३० अंकको करेक्सन देखिएको छ।
संसद विघटन पछि तीव्र उतारचढाव आएको बजार २०३८ अंकमा बन्द भएको छ।
आइतबार बजार खुल्दा २०३८ अंक रहेको बजार संसद विघटन भएपछि एक दिन करिब अंकले घटेको थियो भने अर्को दिन पुनः सय अंक हाराहारीले बढेको थियो।
बिहिबार नबिल बैंकको ६१ करोड र नेपाल लाइफको ५९ करोड सहित सर्वाधिक कारोबार हुँदा बैंक र बीमा कम्पनीहरुकै सर्वाधिक कारोबार भएको छ।
एनआइसी एसिया बैंकको ३२ करोड, प्रभु बैंकको २८ करोड र सिद्धार्थ बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेश्नल लाइफको २१ करोड रुपैयाँ र पुनर्बिमा कम्पनीको १८ करोड रुपैयाँको कारोबार हुँदा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, शिखर इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको १३र१३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सोल्टी होटल र ओरियन्टल होटलको सेयर मूल्य ५र५ प्रतिशतले बढ्दा माउन्टेन इनर्जी र पाँचथर पावर कम्पनीको सेयर मूल्य ४ प्रतिशतले बढेको छ।
सर्वाधिक गुमाउने कम्पनीमा भने समृद्धि फाइनान्स, युनाइटेड इदिमोर्दी हाइड्रोपावर र पाँचथर पावरको सेयर मूल्य सर्वाधिक घटेको छ।
बीमा समुहको उपसूचक ४३२ अंकले घट्दा निर्जीवन बीमा समुहको सूचक १४२ अंकले घटेको छ।
दिनभरीमा २०४ कम्पनीको सेयर ५ अर्ब ३६ करोड रुपैयाँमा किनबेच हुँदा २८ कम्पनीको मात्रै मूल्य बढेको छ।