यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

२०७८, मंसिर १२ आइतवार

  • 2.9K
    SHARES

  • यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

    बैतडी । वाई वाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ ।

    आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो । 

    कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेटको क्षतिमा १२.१ ओभरमा पुरा ग-यो । सुदूरपश्चिमका  कप्तान खडकबहादुर बोहरा ४२ बलमा पाँच चौका र दुई छक्कासहित ४१ रनमा अविजित रहे । नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे ।

    त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो ।

    कर्णालीका प्रकाश जैसीले सर्वाधिक १५ रन बनाए । रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए । कर्णालीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।

    सुदूरपश्चिमका शेर मल्लले २.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउँदको हातमा १ विकेट प-यो । 

    यसअघि, सुदूरपश्चिम प्रदेशले वाग्मती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो । सुदूरले अब मङ्गलबार टियुमा गण्डकीसँग खेल्नेछ । 

    २०७८, मंसिर १२ आइतवार०५:१०:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार