चितवन । नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा देवी ज्ञवाली सबै भन्दा बढी मत प्राप्त गरि विजयी भएका छन् । ज्ञवालीले १८७७ मत प्राप्त गरे । त्यसै गरि दोस्रोमा ठाकुर गैरेले १८३२ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रोमा किरण गुरुंग, चौथोमा काशीनाथ अधिकारी, पाँचौमा भानुभक्त ढकालले क्रमशः १८११, १८०६ र १७९९ मत प्राप्त गरि विजयी भए ।
त्यसै गरि पुर्व गुहमन्त्री समेत रहेका खगराज अधिकारीले सचिवमा दाबी गरेपनि छलफल पश्चात सहमति हुँदा केन्द्रीय सदस्यमा चित्त बुझाएका छन् । उनी महाधिवेशन प्रतिनिधिहरुको छैटौं रोजाइमा रहे । अधिकारीले १७९७ मत प्राप्त गरे ।
उनी स्वास्थ्य मन्त्री हुँदा गरेका नविनतम काम स्वास्थ्य विमा कार्यक्रम मार्फत चर्चामा आएका थिए । कुनैपनि विषयबस्तुमा गहिरो अध्ययन गरेर मात्र कार्य शुरुवात गर्ने स्वभाव भएका प्रष्ट बक्ता अधिकारी जनताको बहुदलिय जनवाद (जबज) का कुशल व्याख्याकार समेत हुन् । उनी गण्डकी प्रदेशमा अधिक रुचाइएका नेता मध्येमा पर्दछन् ।