चेल्सीलाई पछाडि पार्दै सिटी शीर्ष स्थानमा

चेल्सीलाई पछाडि पार्दै सिटी शीर्ष स्थानमा

२०७८, मंसिर १९ आइतवार

  • 937
    SHARES

  • चेल्सीलाई पछाडि पार्दै सिटी शीर्ष स्थानमा

    काठमाडौं । अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३-१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए ।

    यता, अर्को खेलमा लिभरपुलले उल्भ्सलाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे ।

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३-२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो । वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ ।

    जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

    २०७८, मंसिर १९ आइतवार११:२५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार