कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने

२०७७, पौष १० शुक्रवार

  • 2.1K
    SHARES

  • कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने

    पौष १०, काठमाडौँ ।

    नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको विहिवार बसेको बैठकले यही पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिका आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न यही पुस ७ देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते अपराह्न १ बजे पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा विहिवार उपसभापति विमलेन्द्र निधि तथा केन्द्रीय सदस्य प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आआफ्नो धारणा राखेका थिए । 

    २०७७, पौष १० शुक्रवार०७:०३:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार