दुग्धविकास संस्थानमा कृषिमन्त्री यादवको नाङ्गो हस्तक्षेप

दुग्धविकास संस्थानमा कृषिमन्त्री यादवको नाङ्गो हस्तक्षेप

२०७८, मंसिर २१ मंगलवार

  • 2.7K
    SHARES

  • दुग्धविकास संस्थानमा कृषिमन्त्री यादवको नाङ्गो हस्तक्षेप

    काठमाडौं । दुग्धविकास संस्थानमा कर्मचारी भर्नामा अनियमितता गर्ने उद्धेश्यले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठाडो हस्तक्षेप गरेको पाईएको छ । 

    लोकसेवा आयोगबाट यहि मंसिर ८ गते प्रकाशित सुचना अनुसार २०७८ मंसिर २२ गते(भोलि) बाट हुन गईरहेको अन्तरवार्ताको नतिजालाई प्रभाव पार्ने गरि संस्थानका प्रशासन विभागीय प्रमुख दिपक सुवेदीलाई सरुवा गरि आफु अनुकुलका विभागिय प्रमुख संजिव झालाई नियुक्तिका लागि प्रक्रिया अगाडि बढाईएको स्रोतले जनाएको छ । 

    शुन्य समयमा भएको मन्त्रीको ठाडो आदेशको कार्यान्वयनले लोकसेवा आयोग एवं दुग्ध विकास संस्थानका नीति, नियमको उल्लंघन मात्र हैन कर्मचारी भर्नामा भएको यस्तो नाङ्गो हस्तक्षेपले संस्थानको भविष्य र विधिको शासनको विश्वसनियता रहला त ? प्रश्न उठेका छन् । 

    २०७८, मंसिर २१ मंगलवार०८:२९:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार