काठमाडौँ । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित भएका छन् ।
मंसिर २५ गतेदेखि भक्तपुरमा जारी एमालेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले पौडेल लगायतलाइ केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको हो । पौडेल त्यसअघि राष्ट्रिय युवा संघको अध्यक्ष रहेका थिए ।
मंसिर १०-१३ गते सम्म चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट समकालिन थुप्रै नेताहरुलाई केन्द्रीय कमिटी सदस्य बनाईँदा पनि पौडेललाई नबनाइँदा खेलकुद क्षेत्र नैँ स्तव्ध बनेको थियो ।
सरल स्वभावका धनि पौडेल पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएपछि खेलकुद क्षेत्रकै मनोविज्ञान उच्च बनेको युवा खेलाडीले बताएका छन् ।