अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल

अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल

२०७७, पौष १० शुक्रवार

  • 2.4K
    SHARES

  • अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल

    पौष १०, वाग्मती ।

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताएका छन्। 

    इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भनेका हुन् ।  

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ ।  “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु  ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । 

    २०७७, पौष १० शुक्रवार१२:५०:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार