एक दिने नि:शुल्क दन्त परिक्षण शिविर आयोजना हुने 

एक दिने नि:शुल्क दन्त परिक्षण शिविर आयोजना हुने 

२०७९, आश्विन ६ बिहिवार

  • 1.5K
    SHARES

  • एक दिने नि:शुल्क दन्त परिक्षण शिविर आयोजना हुने 

    बौद्ध । काठमाडौं महानगरपालिका वडा नं ६ स्थित महाँकाल पानीट्यांकीमा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर आयोजना हुने भएको छ । 

    यहि आश्विन ८ गते शनिवारका दिन एलिस डेन्टल केयर प्रालि सँगको सहकार्यमा पानीट्यांकी स्थित श्री गंगेश्वर शिव पाञ्चायन मन्दिर परिसरमा शिविर आयोजना हुने भएको हो ।

    शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ । 

    दन्त परिक्षणसँगै उचित सरसल्लाह र सुझाव दिने व्यवस्था समेत मिलाइएको सामाजिक अभियन्ता तथा मन्दिर व्यवस्थापन समिति अध्यक्ष डा रमेश न्यौपानेले बताए ।

    स्वास्थ्यको संवेदनशिल अंग मुखलाई उचित स्याहारसुसार गरि क्यान्सर जस्ता प्राणघातक रोगबाट बच्न सकियोस भन्ने उद्धेश्यले शिविर संचालन गरिएको डा न्यौपानेले बताएका छन् ।

    २०७९, आश्विन ६ बिहिवार०८:३४:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार