मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

२०७७, पौष १० शुक्रवार

  • 2.2K
    SHARES

  • मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

    पौष १०, बामाको ।

    मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण शुक्रबार निधन भएको छ ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा उपचारकै क्रममा पेरिसमै उनको निधन भएको हो ।

    पार्टीका सञ्चार सचिव डेम्बा ट्राओरेले सामाजिक सञ्जालमा शुक्रबार लेखेका छन्, “हाम्रो पार्टीका अध्यक्ष सौमैला सिसेको आज बिहान निधन भएको छ, यसले हामीलाई मर्माहत बनाएको छ, उनको पेरिसमै निधन भएको हो ।” 

    उनी माली सरकारको मन्त्री पनि भएका थिए । उनलाई गत मार्चमा हतियारधारी व्यक्तिहरुले अपहरण गरेका थिए ।- एजेन्सी ।  

    २०७७, पौष १० शुक्रवार०९:०३:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार