चन्द्रागिरिमा दमकल र एम्बुलेन्स सञ्चालनमा

चन्द्रागिरिमा दमकल र एम्बुलेन्स सञ्चालनमा

२०७७, पौष ११ शनिवार

  • 2.2K
    SHARES

  • चन्द्रागिरिमा दमकल र एम्बुलेन्स सञ्चालनमा

    पौष ११, वाग्मती ।

    चन्द्रागिरि नगरपालिकाले दमकल (बारुण यन्त्र) र नगर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्र हुने आगलागी नियन्त्रणका लागि दमकल र बिरामी परेका नगरवासीलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नयाँ खरिद गरिएको दमकलको शुक्रवार उद्घाटन गरिएको हो ।
     
    नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेशनल फायरसेफ प्रालिबाट ई टेन्डरमार्फत दमकल खरिद गरिएको जानकारी दिए । “नगरपालिकाभित्र आगलागीजन्य विपत् व्यवस्थापनमा नगरवासीले आफ्नै वारुण यन्त्रको सेवा लिन सकुन् भन्ने ध्येयका साथ  दमकल  सञ्चालनमा ल्याएका हौँ”, उनले भने ।  

    दमकलको क्षमता चार हजार ५०० लिटर पानी र ५०० लिटर फोम राख्नमिल्ने रहेको छ । नगरप्रमुख गिरीका अनुसार दमकल खरिदका लागि रु ५२ लाख र एम्बुलेन्स खरिदका लागि रु १२ लाख लागेको हो ।

    नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आम विपत् र स्वास्थलाई ख्याल गर्दै नगरवासीका सेवा र सुविधालाई नागरिकस्तरसम्म पुर्याउन लागिएको बताए । चन्द्रागिरि नगरपालिकाको आफ्नै भवनसमेत निर्माण भइरहेको छ ।

    २०७७, पौष ११ शनिवार०७:४५:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार