काठमाडौं । ग्यालेक्सी -4K टेलिभिजनबाट प्रत्येक शुक्रवार- शनिवार राती ९ः०० बजेदेखि ११ः०० बजे सम्म प्रशारण भईरहेको एक चर्चित गायन प्रतियोगितामा लिटिल गायक बहुप्रतिभाकी धनी अभिज्ञा घिमिरेको प्रस्तुति दमदार देखिएको छ ।
गायन रियलिटि सो प्रतियोगिता (सा रे ग म प लिटल च्याम्पस) नेपालमा पनि सुरु भए सँगै यस प्रतियोगिता नेपालको लोकप्रिय रियलिटि सो हुन सफल भएको छ ।
यो सो मा अडिसन राउण्ड देखि नै निर्णायक तथा दर्सकको मन जित्न सफल भक्तपुर निवासी घिमिरे शिर्ष ९ जना भित्र पर्न सफल भएकी छन् ।
ललितपुर स्थित सेन्ट मेरिज स्कुलमा कक्षा ९ मा अध्ययनरत घिमिरे संगितकी अव्वल विद्यार्थी रहेकी छन् । उमेरले उनी १४ वर्षकि भएपनि उनको आवाजमा धेरै निखरता र आत्मविश्वास पाईन्छ।
सानै उमेर देखि नै गायनमा रुची देखाएकी घिमिरेलाई पारिवारिक वातावरणबाट पनि उत्तिकै सहयोग पुगेको देखिएको छ । उनका बाबु वासुदेव घिमिरे प्राध्यापन पेशामा कार्यरत छन् भने आमा गृहिणी एवं स्नातकोत्तर तहकी विद्यार्थी हुन् ।
अभिज्ञाले ४ बर्षको बालक उमेर देखी उनका गुरु भास्कर माधवलाल श्रेष्ठ संग संगित सिकेकि हुन् भने २०७१ देखि ध्रुपद गायक श्री के.सि संग शास्त्रिय संगित सिकेर सानै उमेरमा राम्रो गायन कलाको विकास गरिसकेकि छन् ।
उत्कृष्ट गायनले गर्दा उनी यस स्थान सम्म आइपुग्न सफल भएकि हुन् । सा रे ग म प लिटल च्याम्पस निर्णायकहरुको मुल्याङ्कन गर्ने चरण पार गरेर भोटको मुल्याङ्कनको चरणमा पुगिसकेको छ ।
निर्णायक तहमा हुँदा उत्कृष्ट गायन पस्कँदै निर्णायकहरुबाट शतप्रतिशत मत आफ्नो पक्षमा पार्न सफल अभिज्ञालाई भोटको चिन्ताले भने खुबै पिरोलेको उनका दाजु प्रमेश घिमिरेले बताएका छन् । उनी अघिल्लो राउण्डमा भोट कमि भएर बटम ३ मा परेकी थिइन् ।
अभिज्ञालाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गई SGMP SPACE 01 लेखि 33001 मा म्यासेज पठाइदिनुहुन साथसाथै देश तथा विदेशमा बस्नु हुने दर्शकहरुले MOMO APP डाउनलोड गरेर फ्री भोट तथा पैड भोट पनि गरिदिनुहुन घिमिरेले अपिल गरेकी छन् ।