नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

२०७८, पौष २३ शुक्रवार

  • 949
    SHARES

  • नेपालमा थप २४  जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

    काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

    ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

    “ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ”, मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको  छ, “सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।”

    health.jpg

    २०७८, पौष २३ शुक्रवार०४:०५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार