दौडियो कोरोना, एकैदिन ५०८७ मा पुष्टि

दौडियो कोरोना, एकैदिन ५०८७ मा पुष्टि

२०७८, पौष ३० शुक्रवार

  • 1.0K
    SHARES

  • दौडियो कोरोना, एकैदिन ५०८७ मा पुष्टि

    काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्र गतिमा उकालो लागेको छ । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो। 

    देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोभिड १९को संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।

    यसैगरी ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

    २०७८, पौष ३० शुक्रवार०४:३८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार