स्मार्ट कार्ड नेपालको साधारण सभा सम्पन्न, कारोबारमा २५ प्रतिशत सम्म क्यासव्याक 

स्मार्ट कार्ड नेपालको साधारण सभा सम्पन्न, कारोबारमा २५ प्रतिशत सम्म क्यासव्याक 

२०७८, पौष ३० शुक्रवार

  • 1.6K
    SHARES

  • स्मार्ट कार्ड नेपालको साधारण सभा सम्पन्न, कारोबारमा २५ प्रतिशत सम्म क्यासव्याक 

    काठमाडौं । स्मार्ट कार्ड नेपाल प्रालिको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    भक्तपुर राधेराधे स्थित छायादेवी भवनमा प्रालिको सातौ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको हो ।

    कम्पनिलाई आगामी वर्ष भित्रै नेपालको नम्बर वान कम्पनिका रुपमा स्थापित गर्न सबै लागि पर्नुपर्ने धारणा अध्यक्ष जय प्रसाद भट्टराईले मन्तव्यका क्रममा राखेका थिए । 

    "यस कम्पनीले माइपे (MyPay) नामक एप्स लञ्च गरि नेपाललाई डिजिटलाइज गर्ने अभियानलाई सफल पार्न उत्कृष्ट र नविन सुविधाहरु प्रस्ताव गर्दै अगाडि बढेको छ", अध्यक्ष भट्टराईले सभामा भनेका थिए ।

    यस एप्सको प्रयोग गर्दा हाल -वालेटमा मोबाइल टपअप, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टिभीको बिल भुक्तानी, एयरलाइन्सको टिकट, केबलकारको टिकट, बसको टिकट लगायतका सुविधाहरु प्राप्त गर्न सकिने अध्यक्षको भनाई थियो ।

    7th agm.jpg

    माथिका कुनैपनि सुविधा प्रयोग गरि कारोबार गर्दा पहिलो कारोबारमा २५ प्रतिशत अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाईने पनि सभामा जनाईएको थियो । 

    आधुनिक परिभाषा अन्तर्गत वालेट भन्नाले बिल भुक्तानी गर्ने माध्यमका रुपमा बुझिन्छ तर वालेटको उक्त परिभाषा नै परिवर्तन गर्ने योजनासहित माइपे वालेट अगाडि बढेको बताईएको छ । 

    देशमा इ-सेवा, खल्ति लगाएत २६ वटा विद्युतीय भुक्तानी सेवा प्रदायक संचालनमा छन् । यद्यपि माइपे वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नयाँ सुविधाहरु यस वालेटबाट पाइनेछ।

    माइपे वालेटमा सजिलै सँग कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ। 

    २०७८, पौष ३० शुक्रवार०९:०३:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार