माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइने

माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइने

२०७८, माघ १ शनिवार

  • 873
    SHARES

  • माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइने

    काठमाडौँ । सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ ।

    स्वास्थ्य मन्त्रालयले गत पुस २८ गते मन्त्रीस्तरीय निर्णय गरि माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने भएको हो ।

    स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको ओप लगाउन निर्देशन दिएको छ ।

    माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले अहिलेसम्म २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ मात्रा खोप लगाइसकेको छ । त्यसमध्ये कम्तीमा एक मात्रा लगाउनेको संख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्रा लगाउनेको संख्या १ करोढ १८ लाख ६९ हजार ९ सय ७४ रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, माघ १ शनिवार०८:३७:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार