काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।
फेसबुकमा सार्वजनिक जानकारी गराउँदै पौडेलले लेखेका छन्, 'परिक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो ।'