काठमाडौं । लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीको यो लगातार दोस्रो बेष्ट अवार्ड हो । उनले सन् २०२० मा पनि यो उपाधि जितेका थिए ।
अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’