कोरोना अपडेट: एकैदिन थपिए १० हजारभन्दा बढी संक्रमित 

कोरोना अपडेट: एकैदिन थपिए १० हजारभन्दा बढी संक्रमित 

२०७८, माघ ४ मंगलवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट: एकैदिन थपिए १० हजारभन्दा बढी संक्रमित 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । २२ हजार ८२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ५६२ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै, काठमाडौं उपत्यकामा पाँच हजार ५४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयकानुसार सक्रिय संकमितको संख्या अहिले ३९ हजार ४४ पुगेको मंगलबार जनाइएको छ ।

    २०७८, माघ ४ मंगलवार०४:२९:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार