शानदार प्रस्तुतिले दर्शकै लठ्ठ बनाउने बाल गायीका अभिज्ञा लिटल च्याम्पस टप ५ को दौडमा (भिडियो सहित)

शानदार प्रस्तुतिले दर्शकै लठ्ठ बनाउने बाल गायीका अभिज्ञा लिटल च्याम्पस टप ५ को दौडमा (भिडियो सहित)

२०७८, माघ ५ बुधवार

  • 1.6K
    SHARES

  • शानदार प्रस्तुतिले दर्शकै लठ्ठ बनाउने बाल गायीका अभिज्ञा लिटल च्याम्पस टप ५ को दौडमा (भिडियो सहित)

    काठमाडौं । गायन रियलिटि सो प्रतियोगिता (सा रे ग म प लिटल च्याम्पस) मा बाल गायीका अभिज्ञा घिमिरे शीर्ष ६ मा पुगेकी छन् । 

    लोकदेखि पपसम्म, आधुनिक देखि फिल्मी गित सम्म उत्कृष्ट प्रस्तुति दिन सक्ने घिमिरे प्रतिस्पर्धी साथीहरु, दर्शक एवं निर्णायकको समेत मन जितेर टप ६ मा पुग्न सफल भएकी हुन् ।

    गत हप्ता तारादेवीले गाएको 'साँगुरी बारी नि हौ, यो धारा पानी' बोलको गीतलाई उत्कृष्ट ढंगले प्रस्तुुति दिएकी घिमिरे गायनकलाबाट उत्कृष्ट ५ मा पर्न सफल भइसकिन् भन्दा फरक नपर्ला तर भोटिंगका आधारमा हेर्दा अभिज्ञालाई भोट बढाउनु पर्ने चुनौति थपिएको छ । उनी अघिल्लो राउण्डमा पनि भोट कमि भएर बटम ३ मा परेकी थिइन् । 

    निर्णायक तहमा हुँदा उत्कृष्ट गायन पस्कँदै निर्णायकहरुबाट शतप्रतिशत मत आफ्नो पक्षमा पार्न सफल अभिज्ञालाई भोटको चिन्ताले भने खुबै पिरोलेको उनका दाजु प्रमेश घिमिरेले बताएका छन् । 

    कोरोना महामारीका कारण विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर सहयोग बटुल्न कठिनाई हुँदा सामाजिक संजाल फेसबुक, मेसेञ्जर, भाईबर आदिबाट प्रचार अभियान चलाउँदा पनि पर्याप्त नभएको घिमिरेको भनाई छ । 

    अभिज्ञालाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गई SGMP SPACE 01 लेखि 33001 मा म्यासेज पठाइदिनुहुन साथसाथै देश तथा विदेशमा बस्नु हुने दर्शकहरुले MOMO APP डाउनलोड गरेर फ्री भोट तथा पैड भोट पनि गरिदिनुहुन घिमिरेले अपिल गरेकी छन् । 

    उक्त कार्यक्रम ग्यालेक्सी -4K टेलिभिजनबाट प्रत्येक शुक्रवार- शनिवार राती ९ः०० बजेदेखि ११ः०० बजे सम्म प्रशारण भईरहेको छ । 

    'साँगुरी बारी नि हौ, यो धारा पानी'

    २०७८, माघ ५ बुधवार०८:३३:०७

    सुनिता अधिकारी

    प्रतिक्रिया
    सम्बन्धित समाचार