काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
यसअघि सरकारी अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार लिने गरेकोमा अब ८ सय मात्रै तिरे पुग्ने भएको छ ।
त्यस्तै निजी अस्पतालहरुले भने १५ सयमा नै पीसीआर परीक्षण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि निजी अस्पताल तथा प्रयोगशालाले २ हजार रुपैयाँ लिने गरेका थिए ।
सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरुको भने निःशुल्क परीक्षण गर्ने जनाएको छ ।