थपिए १० हजार ७०३ कोरोना संक्रमित , ३ को मृत्यु 

थपिए १० हजार ७०३ कोरोना संक्रमित , ३ को मृत्यु 

२०७८, माघ ७ शुक्रवार

  • 985
    SHARES

  • थपिए १० हजार ७०३ कोरोना संक्रमित , ३ को मृत्यु 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार ९२ नमुना (१८६१८ पीसीआर र ४४७४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोहि अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको कोरोनाले मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हालसम्म सक्रिय संक्रमितको संख्या ६५३७४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकामा आज ४२७९ जना, भक्तपुरमा ४५३ जना र ललितपुरमा ५६७ जना संक्रमित थपिएका छन् ।

    हालसम्म ८१ लाख भन्दा बढी निको भएका छन् भने ११ हजार ६३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

    २०७८, माघ ७ शुक्रवार०४:४१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार