नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

२०७८, माघ ९ आइतवार

  • 1.0K
    SHARES

  • नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

    काठमाडौँ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको छ ।

    पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    २०७८, माघ ९ आइतवार०५:१४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार