सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

२०७८, माघ १२ बुधवार

  • 1.2K
    SHARES

  • सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

    मालवी । साडियो मानेप्रेरित सेनेगल र मोरक्कोले अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल यात्रा निश्चित गरेका छन् । मंगलबार राती सेनेगलले केप भर्डे र मोरक्कोले मालवीलाई पराजित गरेको हो ।

    सेनेगलले ९ खेलाडीमा सीमित केप भर्डेलाई २-० हरायो । सेनेगलको जितमा साडियो माने र बाम्बा डिइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।

    खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औं मिनेट र भोजिन्हाले ५७औं मिनेटमा रातो कार्ड सामना गरेका थिए । अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।

    गएराति नै भएको अर्को खेलमा मोरक्कोले मालवीलाई २-१ ले हराउँदै क्वाटफाइनलमा पुग्यो । मोरक्कोका लागि अर्चराफ हाकिमी र युसुफले गोल गरेका थिए । मालवीका गवादिन्होले सन्त्वना गोल फर्काए ।

    सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ । -एजेन्सी । 

    २०७८, माघ १२ बुधवार०८:१६:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार