दमकमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

दमकमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

२०७८, माघ १२ बुधवार

  • 1.1K
    SHARES

  • दमकमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

    दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ ।

    दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

    वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो ।

    आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए ।

    २०७८, माघ १२ बुधवार०८:२६:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार