इरान कतार विश्वकपमा छनोट हुने पहिलो एसियाली टिम

इरान कतार विश्वकपमा छनोट हुने पहिलो एसियाली टिम

२०७८, माघ १४ शुक्रवार

  • 1.2K
    SHARES

  • इरान कतार विश्वकपमा छनोट हुने पहिलो एसियाली टिम

    तेहरान । इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।

    इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ ।

    दोस्रो स्थानको साउदीको १७ अंक छ ।

    एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।

    तेस्रो मध्येको एक टोलीले भने अन्तरमहादेशीय प्लेअफ खेल्दै विश्वकपको बाटो तय गर्नेछ । -एजेन्सी ।

    २०७८, माघ १४ शुक्रवार०८:०९:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार