बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

२०७८, माघ १६ आइतवार

  • 929
    SHARES

  • बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

    मेलबर्न । विश्व नम्बर एक अस्लेइघ बार्टीले वर्षको पहिलो अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्।

    मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा बार्टीले कोलिन्सलाई ६–३, ७–६ ,७–२ ले पराजित गरेकी हुन्।

    बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। बार्टीले ४४ वर्ष लामो खडेरी तोड्दै अस्ट्रेलियालाई सन् १९७८ पछि पहिलो उपाधि दिलाएकी हुन्।

    विम्बल्डन च्याम्पियन बार्टीले क्रिस ओ’निलको बाटो पछ्याएकी हुन्। सन् १९७८ मा ओ’निलले अस्ट्रेलियन ओपन आफ्नै देशमा राखेकी थिइन्।

    ‘यो जित मेरा लागि सबैभन्दा ठूलो सपना साकार हुनु हो। मलाई अस्ट्रेलिन हुनुमा निकै गर्व छ’, विश्व नम्बर एक बार्टीले भनिन्, ‘घरेलु समर्थकसँग ऐतिहासिक जितको खुसी साट्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु।’

    २५ वर्षीया बार्टीको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो। उनले यसअघि फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेकी छन्।

    सेमिफाइनलमा बार्टीले अमेरिकाकै म्याडिसन किलाई पराजित गरेकी थिइन्। लगातार दुई अमेरिकी खेलाडीको चुनौती पन्छाउँदै बार्टीले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन्।- एजेन्सी । 

    २०७८, माघ १६ आइतवार०८:५५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार