हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

२०७८, माघ १७ सोमवार

  • 1.1K
    SHARES

  • हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप खोज्न समिति गठन गरेको छ ।

    स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नै २४ लाख डोज खोप विवरण नआएको प्रसंग उठाएका थिए । 

    स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

    समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् ।

    स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नै २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो ।

    २०७८, माघ १७ सोमवार०७:५९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार