भारतको महाराष्ट्रमा सडक दुर्घटनामा पाँचको मृत्यु

भारतको महाराष्ट्रमा सडक दुर्घटनामा पाँचको मृत्यु

२०७८, माघ १७ सोमवार

  • 1.2K
    SHARES

  • भारतको महाराष्ट्रमा सडक दुर्घटनामा पाँचको मृत्यु

    दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा आइतबार भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

    लोनावाला क्षेत्र नजिकै मुम्बई–पुणे एक्सप्रेस मार्गमा विहान ७ः३० बजे दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले जानकारी गराएका छन् ।
     
    तीव्र गतिमा मुम्बईबाट पुणे जाँदै गरेको एउटा कार ट्रकसँग ठक्कर खाएपछि दुर्घटना भएको र उक्त घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

    सञ्चारमाध्यमका अनुसार पीडितहरूलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा लगिएको तर उनीहरूलाई तत्कालै मृत घोषित गरिएको थियो ।

    प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरू भइसकेको जनाएको छ । -एजेन्सी । 

    २०७८, माघ १७ सोमवार०८:२२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार