क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यापारमा संलग्न पाइएमा कडा कारबाही

क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यापारमा संलग्न पाइएमा कडा कारबाही

२०७८, फाल्गुण २ सोमवार

  • 1.6K
    SHARES

  • क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यापारमा संलग्न पाइएमा कडा कारबाही

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानुनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ ।

    ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्युरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानुनी कारबाही समेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्नरनगराउन अनुरोध गरेको छ ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानुनी रहेको स्पष्ट भइसकेको छ ।

    यस्ता गैरकानुनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउन समेत ब्युरोले नागरिकमा अनुरोध गरेको छ ।

    उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सीआईबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

    बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । -रासस

    २०७८, फाल्गुण २ सोमवार०८:४३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार