सात दिनपछि भेटिइन् बालिका

सात दिनपछि भेटिइन् बालिका

२०७७, पौष १४ मंगलवार

  • 3.4K
    SHARES

  • सात दिनपछि भेटिइन् बालिका

    पौष १४, तनहुँ ।

    यही पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी  तीन वर्षीय बालिका सात दिनपछि सोमवार फेला परेकी छन् ।

    बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन् । 

    जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्का पुरुषसँग गएपछि तीन वर्षीय बालिका कीर्तिका बेखबर बन्दै आएकी थिइन् ।

    मङ्सिर २८ गतेदेखि ती महिला हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । 

    ती महिला हराएको आठ दिनपछि पुनः तीन वर्षीय छोरी एकाएक हराएपछि घरपरिवारमा खैलाबैला भएपछि खोजीको लागि प्रहरी कहाँ पुगेको देवर जीवनले बताए ।

    ‘श्रीमान् विदेशमा श्रीमती परपुरुषसँग गएपछि बालिका बेखबर’ भन्ने शीर्षकमा राससले गत बिहीबार समाचार प्रकाशित गरेपछि प्रहरीले खोजी कार्यलाई अझ तीव्रता दिँदै आएको थियो । 

    ती महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि बालिकाको अवस्था थाहा पाउन नसकिएकाले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    लामो प्रयासपछि बालिका फेला पारी काका जीवनलगायतका आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    २०७७, पौष १४ मंगलवार०७:०९:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार