आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७८, फाल्गुण १२ बिहिवार

  • 2.1K
    SHARES

  • आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

    सिन्धुपाल्चोक । आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    २०७८, फाल्गुण १२ बिहिवार०७:०७:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार