सङ्खुवासभामा बस दुर्घटना, १४ को मृत्यु, पाँच घाइते

सङ्खुवासभामा बस दुर्घटना, १४ को मृत्यु, पाँच घाइते

२०७८, फाल्गुण २६ बिहिवार

  • 1.0K
    SHARES

  • सङ्खुवासभामा बस दुर्घटना, १४ को मृत्यु, पाँच घाइते

    सङ्खुवासभा । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । 

    अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

    उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । 

    स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ ।

    दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । 

    २०७८, फाल्गुण २६ बिहिवार११:१२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार