नेपाल क्लियरिङ हाउसले ल्यायो ‘नेपाल पे’ क्युआर कोड

नेपाल क्लियरिङ हाउसले ल्यायो ‘नेपाल पे’ क्युआर कोड

२०७८, फाल्गुण २८ शनिवार

  • 1.4K
    SHARES

  • नेपाल क्लियरिङ हाउसले ल्यायो ‘नेपाल पे’ क्युआर कोड

    काठमाडौँ । नेपाल क्लियरिङ हाउसले नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपालपे क्युआरको औपचारिक रूपमा सञ्चालनमा आएको छ।

    नेपाल क्लियरिङ हाउसले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल–क्युआर स्ट्याण्डर्डअनुसार क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआरले बैंक तथा वित्तीय संस्थाको सहकार्यमा सञ्चालनमा ल्याएको बताएको छ।

    पत्रकार सम्मेलनमा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले विभिन्न बैंक तथा वित्तीय संस्थाको क्युआर सञ्चालनमा आए पनि अब नेपालपे क्युआरबाट मोबाइलको क्युआरबाट साधारण नागरिकले पनि कारोबार गर्न सक्ने बताए।

    उनले भने, ‘विभिन्न स्टुमेन्टमध्ये आज हामीले नेपालपेको क्युआर सञ्चालनमा ल्याएर कारोबार सुरु गरेका छौं। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट क्युआरमार्फत कारोबार भइरहेकोमा अब साधारण नागरिकले पनि प्रयोग गर्न सक्नुहुन्छ। विभिन्न मोबाइल एपबाट, मोबाइल बैंकिङ एप वा कनेट आइपिएसबाट कारोबार गर्न सकिन्छ।’

    शुक्रबारदेखि पेमेन्ट गेटवेमा नेपालपे क्युआर पनि थप भएको छ। नेपालपे क्युआर क्युआर कोडमा स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानीसमेत गर्न सकिने भएको छ। अहिलेसम्म हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आईपीएसलगायत मोबाइल एपबाट क्युआर स्क्यान गरी कारोबार गर्न सकिने कम्पनीले बताएको छ।

    नेपालपे क्युआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्समार्फत क्युआर अक्वायरको कार्य पनि सुरु भइसकेको छ। एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्युआरलगायत नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ।

    २०७८, फाल्गुण २८ शनिवार०६:२७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार