पुर्व प्रधानपञ्च गणेश पोखरेलको निधन 

पुर्व प्रधानपञ्च गणेश पोखरेलको निधन 

२०७७, पौष १५ बुधवार

  • 2.0K
    SHARES

  • पुर्व प्रधानपञ्च गणेश पोखरेलको निधन 

    पौष १५, झापा । 

    चर्चित व्यक्तित्व गणेश पोखरेलको निधन भएको छ । 

    पञ्चायतकालका एक हस्ती तथा पुर्व प्रधानपञ्च पोखरेलको ८७ वर्षको उमेरमा आज साँझ ५ः३० बजे निधन भएको हो । 

    सुरुंगा गाउँ पञ्चायतमा १७ वर्ष सम्म एक छत्र शासन गरेका पोखरेल सुधारवादी शासकका रुपमा चिनिन्छन् । प्रजातन्त्र पुनर्स्थापना भए पछि प्रजातान्त्रिक पार्टीहरुलाई सहर्ष स्विकार गरेका पोखरेल निडर स्वभावका झापाली नेताका रुपमा पनि परिचित छन् । 

    स्व.पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटी सदस्य एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलका पिता हुन् । 

    उनको पार्थीव शरिरलाई हिन्दु संस्कार अनुसार भोलि विहिवार विहान ११ः०० बजे कन्काई नदीमा अन्त्येष्टी गरिने परिवार स्रोतले जनायो । 

    २०७७, पौष १५ बुधवार१०:१०:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार