फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते स्यान्ट्रो कार

फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते स्यान्ट्रो कार

२०७८, चैत्र ५ शनिवार

  • 2.0K
    SHARES

  • फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते स्यान्ट्रो कार

    काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्यान्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन्।

    उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरुप स्यान्ट्रो जित्न सफल भएका हुन्। उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले गाडीको साँचो हस्तान्तरण गरेका छन्।

    फोनपेले अघिल्लो वर्ष पनि यस्तै योजना सञ्चालन गरेको थियो। यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो।

    डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको उक्त योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन्। यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सक्थे। फोनपेमार्फत रु १० मा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा गई सेण्ड मनी गरी फोनपे डाइरेक्टमार्फत सहजै रकम पठाउन सकिन्छ।

    यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवाप्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।

    २०७८, चैत्र ५ शनिवार११:५८:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार