त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

२०७८, चैत्र ५ शनिवार

  • 1.2K
    SHARES

  • त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन : स्थगित गरेको छ ।

    आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर ‘विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।

    आयोगले शनिवार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।

    २०७८, चैत्र ५ शनिवार०३:१५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार