नेपाल शिक्षक महासंघको अध्यक्षमा सुन्दर पन्त

नेपाल शिक्षक महासंघको अध्यक्षमा सुन्दर पन्त

२०८३, आश्विन ७ बुधवार

  • 313
    SHARES

  • नेपाल शिक्षक महासंघको अध्यक्षमा सुन्दर पन्त

    काठमाडौं । नेपाल शिक्षक महासंघको अध्यक्षमा सुन्दर पन्त सिफारिस भएका छन् । यस अघिका अध्यक्ष लक्ष्मी किशोर सुवेदी अनिवार्य सेवा निवृत्तमा गए पछि पन्त सिफारिस भएका हुन् । 

    नेपाल शिक्षक संघको आज बसेको संघिय कार्यव्यवस्था समितिको बैठकको निर्णय बमोजिम पन्तलाई अध्यक्षका लागि सिफारिस गरिएको हो । पन्त शिक्षक संघमा उपाध्यक्ष थिए ।

    अमरज्योति माध्यमिक विद्यालय स्युचाटारका प्रधानाध्यापक रहेका पन्त शिक्षा क्षेत्रका दिग्गज व्यत्तित्वका रुपमा परिचित छन् ।

    साहित्यका अलावा गीत रचनामा समेत रुची राख्ने पन्त समकालिन शिक्षक वृत्तमा बहुप्रतिभाका धनिका रुपमा समेत चिनिन्छन् । 

    २०८३, आश्विन ७ बुधवार०९:२९:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार