काठमाडौं । विद्युतीय भुक्तानी सेवा अन्तर्गत माई पे एप्सले उल्लेख्य सफलता हात पारेको छ । एप्स संचालनमा आएको छोटो समयमैंँ हजारौं प्रयोगकर्ता यसमा जोडिने क्रममा रहेको माईपेले जनाएको छ ।
माईपेले हालैमात्र प्रथम चरणमा काठमाडौं चावहिलको केएल टावर, भृकुटीमण्डप र पेप्सीकोला, भक्तपुरको राधेराधे, गट्ठाघर र चारदोबाटोमा स्टल मार्फत नै एप्स डाउनलोड गराई सेवा पुर्याउने अभियान चलाएको छ । स्टलमै गएर एप्स डाउनलोड गर्दा चिट्ठा मार्फत पुरस्कार समेत प्राप्त गर्न सकिने छ ।
व्यवसायमा प्रयोगकर्ताको विश्वास जिते, लक्ष्मीको विश्वास हुन्छ भन्ने भनाईलाई माईपेले छोटो समयमै प्राप्त गरेको बुझिएको छ ।
यस एप्सको प्रयोग गर्दा हाल -वालेटमा मोबाइल टपअप, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टिभीको बिल भुक्तानी, एयरलाइन्सको टिकट, केबलकारको टिकट, बसको टिकट लगायतका सुविधाहरु प्राप्त गर्न सकिन्छ ।
माथिका कुनैपनि सुविधा प्रयोग गरि कारोबार गर्दा पहिलो कारोबारमा २५ प्रतिशत सम्म क्यासब्याक नै यसको प्रमुख आकर्षणको विन्दु हो । त्यस्तै, एअरलाईन्स टिकेटिंगमा ग्यारेन्टेड सबैभन्दा बढि क्यासव्याक माईपेले प्रदान गरेको छ ।
आधुनिक परिभाषा अन्तर्गत वालेट भन्नाले बिल भुक्तानी गर्ने माध्यमका रुपमा बुझिन्छ तर वालेटको उक्त परिभाषा नै परिवर्तन गर्ने योजनासहित माइपे वालेट अगाडि बढेको बताईएको छ ।
देशमा इ-सेवा, खल्ति लगाएत २६ वटा विद्युतीय भुक्तानी सेवा प्रदायक संचालनमा छन् । यद्यपि माइपे वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नयाँ सुविधाहरु यस वालेटबाट पाइनेछ।
माइपे वालेटमा सजिलै सँग कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ।