१० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर

१० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर

२०७८, चैत्र ३० बुधवार

  • 1.0K
    SHARES

  • १० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर

    काठमाडौँ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने १० वटा स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर गरिएको छ ।

    निर्वाचन आयोगले मंगलवार एक सूचना जारी गर्दै विभिन्न जिल्ला स्थानीय तहमा यस अघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको हो ।

    नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र अर्थात् हिजैदेखि नै लागू हुने गरी तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

    २०७८, चैत्र ३० बुधवार०७:२१:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार