आजदेखि पोखरामा महानगर मेयर सम्मेलन

आजदेखि पोखरामा महानगर मेयर सम्मेलन

२०७९, श्रावण १३ शुक्रवार

  • 2.4K
    SHARES

  • आजदेखि पोखरामा महानगर मेयर सम्मेलन

    पोखरा । पोखरामा आज (शुक्रबार)देखि मेयर सम्मेलन हुँदै छ ।

    पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो ।

    सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।

    महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ ।

    यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए ।

    उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।

    सम्मेलनबाट आएका सुझावलाई ग्रहण गर्दै मेयरहरुले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र सङ्घ सरकारमा बुझाउने बताएका छन् ।

    २०७९, श्रावण १३ शुक्रवार०९:१८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार