जितेका स्थानिय तहमा विकासका कमाल देखाउने जनमत पार्टीको विश्वास 

जितेका स्थानिय तहमा विकासका कमाल देखाउने जनमत पार्टीको विश्वास 

२०७९, आषाढ ९ बिहिवार

  • 4.3K
    SHARES

  • जितेका स्थानिय तहमा विकासका कमाल देखाउने जनमत पार्टीको विश्वास 

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफुले जितेका स्थानिय तहमा विकासका कमाल देखाउने विश्वास व्यक्त गरेका छन् । 

    बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफुले जितेका स्थानिय तह नमूना पालिका निर्माणमा केन्द्रित हुने बताए । त्यस्तै, उनले आफूहरू पैसाका कारण चुनावमा पराजित नभएको पनि स्मरण गराए । विविध कारणले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको राउतले बताएका छन् ।

    परम्परागत तहको निर्वाचन संस्कृतिका कारण आफ्नो पार्टीले उल्लेख्य सिटमा जित हासिल गर्न नसकेको राउतको धारणा छ ।

    पैसा भए मात्र चुनाव जितिने संस्कृतिले जरा गाडिसकेकाले त्यसलाई उखेलेर फाल्न समय लाग्ने उनको भनाई छ । यद्यपि उनको पार्टीले किसानका मुद्धा, शिक्षा, पर्यटन लगाएतका विविध विषय उठाइरहँदा कम्तिमा २० सिट जित्ने अनुमान राजनीतिक विश्लेषकले गरेका थिए । 

    उनले भने,‘पैसा नभएका कारण जितेनौँ भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन् । हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’ उनले अघि भने, ‘जब आफैँ चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’

    अध्यक्ष राउतले अन्य पार्टीले अरू दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौँ, पैसा छैन । अर्को पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।

    यद्यपि दुई वटा सिट जित्नु पनि पार्टीको लागि महत्त्वपूर्ण भएको राउतले बताए । भारतीय जनता पार्टीले सन् १९८४ मा २ वटा मात्रै सिट जितेको प्रसङ्ग उठाउँदै डा. राउतले अहिले त्यही पार्टीले २८२ सिट जितेको बताए । ‘हामी पनि २८२ सिटमा पुग्छौँ’ उनले भने, ‘त्यसका लागि सङ्घर्ष गर्नु जरुरी छ ।’

    २०७९, आषाढ ९ बिहिवार०८:१७:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार