‘निर्वाचन सम्पन्न गर्न  श्रोत साधनको कमी रहँदैन’: निर्वाचन आयुक्त तुलाधर

‘निर्वाचन सम्पन्न गर्न  श्रोत साधनको कमी रहँदैन’: निर्वाचन आयुक्त तुलाधर

२०७८, चैत्र ३० बुधवार

  • 1.2K
    SHARES

  • ‘निर्वाचन सम्पन्न गर्न  श्रोत साधनको कमी रहँदैन’:  निर्वाचन आयुक्त  तुलाधर

    राँझा । निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने  बताएकीा छन् । 

    नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका बताइन् ।  उनले भनिन् “निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ ।

    स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ”, उनले भनिन्, “निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिनमात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदानस्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आममतदाताले सहजरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने जिम्मेवारी र दायित्व पनि छ ।”

    निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वमा एकरुपता लिन कार्यक्रमले सहयोग पु-याउने आयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

    कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली जिल्लाको १० जिल्ला र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्ला गरी १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, १३ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको जानकारी दिए । 

    उनले निर्वाचन सम्पन्न गर्न धेरै कुराको विचार गर्नुपर्ने अवस्था आउने भएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्ने बताए । “आफूले मात्रै राम्रो गरेर हुँदैन अरुले पनि राम्रो गरिदिनुपर्छ ।

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्दछ”, उनले भने, “मतदान केन्द्रमा खटिएको एउटा कर्मचारीलाई गर्ने काम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग पनि जोडिएर आउने भएकाले सबैलाई उत्तिकै जिम्मेवार र जागरुक बनाउनु जरुरी हुन्छ ।”

     

    २०७८, चैत्र ३० बुधवार१२:४१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार