पाल्पा बस दुर्घटनामा दुईको मृत्यु, ४ जनाको अवस्था गम्भीर

पाल्पा बस दुर्घटनामा दुईको मृत्यु, ४ जनाको अवस्था गम्भीर

२०७९, बैशाख ३ शनिवार

  • 1.1K
    SHARES

  • पाल्पा बस दुर्घटनामा दुईको मृत्यु, ४ जनाको अवस्था गम्भीर

    काठमाडौं । शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ ।

    शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो ।

    जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् । सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो ।

    २०७९, बैशाख ३ शनिवार०८:२२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार